सलाहले जिते प्लेयर अफ द इयर अवार्ड

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, लिभरपुलका मोहमद सलाहले पीएफए फ्यान्स प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।

इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

२९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड हात पारेका हुन् ।

सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए ।प्रिमियर लिगको २०२१र२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा उनले २३ गोल गरेका थिए ।

सलाहले यस सिजन गोल अफ द सिजन अवार्ड जितेका थिए । त्यस्तै सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड समेत हात पारेका छन् ।

 

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्