चलचित्र आँखा निर्माण सुरु

काठमाडौँ । जेठ १७, सामाजिक विषयवस्तुमा चलचित्र ‘आँखा’ निर्माणको काठमाडौंमा सोमबार एक समारोहबीच घोषणा गरिएको छ ।
यो चलचित्रलाई जौन योञ्जनको निर्देशन गर्दै छन् । यो चलचित्र चाँडै नै छायांकनमा जानेछ ।
यो चलचित्रमा निशा अधिकारी, आरके मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीलगायतको मुख्य भूमिका रहने घोषणा समारोहमा जानकारी गराइयो ।
चलचित्रमा निर्देशक योन्जनकै कथा, पटकथा रहनेछ । यस्तै, यसमा आकोश शुक्लाले छायांकन, दीपक आरजेको संगीत, रेवन्तविक्रम थापा द्वन्द्व निर्देशन रहनेछ । सुवाससिंह ठकुरी यसका प्रोडक्सन डिजाइनर छन् ।
अर्को वर्ष आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ । ढाका टोपी फिल्मस, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ ।
अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आपूले नयाँ भिजन र क्रियसन भएका सिनेकर्मीसँग काम गर्न पाएको भन्दै आँखा पनि त्यसैको निरन्तरता रहेको बताइन् ।
कार्यक्रममा बोल्दै निर्देशक योन्जनले घोषणा समारोहमा बोल्दै आँखाले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए ।