मदिरा पिएर गाडी चलाएको आरोपमा अमेरिकी सभामुखका पति पक्राउ

काठमाडौँ । जेठ १७, अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टिटिभ्सकी सभामुख न्यान्सी पलोसीका पति क्यालिफोर्नियामा मदिरा सेवन गरी गाडी चलाएको आशङ्कामा पक्राउ परेका छन्।
नापा काउन्टीमा शनिवार राति पल पलोसीको गाडीले अर्को गाडीलाई ठक्कर दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
घटनामा कसैलाई चोटपटक नलागेको र अर्का चालकलाई पक्राउ नगरिएको बताइएको छ।
बयासी वर्षीय पोल पलोसीमाथि दुर्व्यवहारका दुईवटा आरोप लगाइएको र धरौटीबापत ५,००० अमेरिकी डलर तोकिएको विवरणहरूमा उल्लेख गरिएको छ।
हिरासतमा रहेका व्यक्तिहरूको सूचीमा उनको नाम समावेश छैन।
क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार स्टेट रूट २९ मा ४८ वर्षीय पुरुषको जीपका कारण पछाडि फसेका पोल पलोसीले अरूलाई उछिन्न खोजेका थिए।