राजनेताले सपनाले होइन, योजना बाँड्नुपर्छःमीनबहादुर विश्वकर्मा

काठमाडौँ जेठ १७, नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राजनेताले सपना नभई योजना बाँड्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने, राजनेताले सपनाले बाँड्ने होइन । राजनेताले योजना बाँड्नुपर्छ ।
यो बजेटले योजना बडेको छ ।उनले बजेटमाथि सरकारले गुणगान गर्ने तथा विपक्षीले सधैँ विरोध गर्ने परिपार्टी रहेको सुनाए । उनले भने, आम नेपाली नागरिकको नजरबाट यो बजेट इतिहासमै पहिलो पटक किसान दलित तथा अपांगले आफ्नो बजेट भनेका छन् ।