यू-१९ नेपाली महिला क्रिकेट टिम बुधबार मलेसिया जादैं

सहयात्रा टिभी

काठमाडौँ । जेठ १८, नेपालको यू १९ महिला क्रिकेट टिम बुधबार मलेसिया जादैँ छ ।

सन् २०२३ मा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो ।

नेपाली टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बिदाई गरेका थिए ।

छनोटमा नेपालले मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली यू–१९ महिला क्रिकेट टिमः

कृतिका मरासिनी (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टीका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मिनिषा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिषा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी ।

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्