हाँस्य सिरियल ‘अति भो’ प्रशारणको १०० भाग पूरा

सहयात्रा टिभी

काठमाडौँ । जेठ १८, हास्य टेलिसिरियल ‘अति भो’ले आफ्नो प्रशारणको १ सय भाग पूरा गरेको छ ।

नेपाल टेलिभिजनमा हरेक आइतवार राती प्रशारण हुँदै आएको सिरियलले यसै साता १ सय भाग पूरा गरेको हो ।सुरज खनालले निर्देशन गर्दै आएको सिरियलमा रियाशा दाहाल मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।

उनी सुरुवातदेखि नै सिरियलमा नियमित देखिँदै आएकी छिन् । त्यस्तै सुरज खनाल, शर्मिला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता सिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय सिरियलमा रहँदै आएको छ ।

सिरियलको लेखन निर्देशक खनाल र ओकेश पनेरुले गर्दै आएका छन् । १०० भाग पूरा भएको उपलक्ष्यमा निर्माण टिमले केक समेट काटेर खुसीयाली समेत साटेको थियो

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्