पुरानै ढर्रामा नयाँ सपनासहित फर्किएका माग्ने बुढा

सहयात्रा टिभी

काठमाडौँ । जेठ २१, हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा लामो समयको अन्तरालपछि टेलिभिजनमा फर्किएका छन्।

आफैंले निर्देशन गरेको ‘कमेडी हब’ मार्फत उनी टेलिभिजनमा फर्किएका हुन्। लामो समयको वर्कशप र प्रचारपछि सार्वजनिक भएको ‘कमेडी हब’बाट दर्शकले पनि नयाँ स्वादको अपेक्षा गरेका थिए।

फिल्मको पर्दामा दर्शक हसाउन सफल घिमिरेले ‘कमेडी हब’मा पनि दर्शकलाई त्यसैगरी हसाउँछन् भन्ने अपेक्षा गरिएको थियो। तर कमेडी हवको पहिलो अंकमै दर्शक निराश भएका छन्।

मिडिया हवको ठूलो लगानी ३ दर्जनभन्दा धेरै हाँस्य कलाकारको भीड भएको शोमा ड्रामा, स्ट्यान्ड अप कमेडी, प्यारोडी सबै छ। कमेडीका यी सबै विधा समेटेर सार्वजनिक भएको यो नै पहिलो शो हो।

तर, शोमा प्रस्तुत गरिएका विषयहरुमा नयाँ खुराक नहुँदा भने दर्शक निराश भएका छन्।

प्रकाशित : 4 June, 2022

प्रतिक्रिया दिनुहोस्