बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौँ । जेठ २२, बंगलादेशमा एक निजी कन्टेनर डिपोमा विस्फोटको कारण भएको ठूलो आगलागीमा परि १६ जनाको मृत्यु र ४५० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त डिपोमा भएको आगलागी र त्यसपछिका विष्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने घटनामा प्रहरी र दमकलका कर्मचारीसहित सयौं मानिस जलेर घाइते भएका छन् ।
केमिकलका कारण कन्टेनर डिपोमा आगलागी भएको आशंका गरिएको एक अधिकारीले जनाएका छन् ।
राति ११ बजेर ४५ मिनेटमा एउटा कन्टेनरमा केमिकल भएकोले ठूलो विष्फोट भएको थियो र एक कन्टेनरबाट अर्को कन्टेनरमा आगो फैलिएको थियो ।