मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला

काठमाडौँ । जेठ २३, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपामा लफडा सुरु भएको छ ।

अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् ।
यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राईसहितका नेताहरू रहेका छन् । स्रोतका अनुसार राईसहित मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायतको टीम रहेको छ ।
उनीहरू सोमबार बिहान ९ बजेपछि छलफलमा बस्न लागेको स्रोतका भनाइ छ । राजधानीको एक होटलमा छलफलका लागि खबर आएको भन्दै एक नेताले छलफलबाट मन्त्री बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिइने बताए ।