रोनाल्डोप्रेरित पोर्चुगलको सानदार जित

काठमाडौँ । जेठ २३, क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलले आइतबार राति यूईएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डमाथि ४.० को सानदार विजय हासिल गरेको छ ।
लिस्बनको जोजे अल्भालाडे रंगशालामा रोनाल्डोले दुई गोल गर्नुका साथै अर्को एक गोलमा अवसर सिर्जना गरिदिएका थिए ।
पोर्चुगलले विलियम कार्भाल्होको गोलबाट १५औँ मिनेटमा अग्रता लिएको थियो । ३५औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर बनाए ।
त्यसको चार मिनेट नबित्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे । रोनाल्डाले दुवै गोल डिएगो जोटाको पासमा गरेका हुन् ।
योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या ११७ पुर्याएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो कीर्तिमान सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।
रोनाल्डोपछि दोस्रो स्थानमा रहेन सफल इरानका अली दाईले १०९ गोल गरेका छन् । तेस्रो स्थानमा रहन सफल मलेसियाका मोख्तर दहारीले ८९ गोल गरेका छन् ।
चौथो स्थानमा लियोनल मेसी छन् । अर्जेन्टिनाका मेसीले गए राति स्टोनियाविरुद्ध एक्लैले पाँच गोल गर्दै हंगेरीका महान् खेलाडी फेरेन्क पुस्कासलाई पछि परेका थिए । मेसीले ८७ र पुस्कासले ८४ गोल गरेका छन्