नयाँ अभिनेतासंग साम्राज्ञीको जोडी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, प्रायः पुरानो टिमसंग दोहोरिएर काम नगर्ने अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ फिल्ममा नयाँ युवासंग जोडी बाँधिने पक्का भएको छ ।

उनले फिल्म ‘लण्डन टु पेरिस’ मा निश्चल खड्कासंग अभिनय गर्ने भएकी हुन् ।

यसअघि उनले ‘ह्यारीकि प्यारी’ फिल्ममा जीतु नेपालसंग काम गरेकी थिइन् । त्यस्तै ‘वर एन्ड बधु’ फिल्ममा समेत उनी नयाँ नायकसंगै काम गर्दैछिन् ।

उक्त फिल्ममा आँचल शर्मासहित विवेक कर्मचार्यको अभिनय रहने छ । विवेकको समेत यो पहिलो फिल्म हो ।

सलिनमान बानियाँको डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मा समेत साम्राज्ञीकै अभिनय रहेको थियो । अशोक शर्माको ‘रातो टिका निधारमा’ फिल्ममा उनी अंकित शर्माको जोडीको रुपमा प्रस्तुत भएकी थिइन् ।

हुन त लामो सहकार्य नटिके पनि उनको नवनायक मोहमा भने कमी आएको छैन । पछिल्ला समयमा भएका केही विवाद पश्चात् उनको करियर सोचे झैँ अघि बढ्न सकेको छैन । तथापि नयाँ अभिनेतासंगको सहकार्यमा भने कमि आएको छैन ।

एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्ममा साम्राज्ञी र निश्चलसंगै गरिमा शर्मा र कबिर खड्का फाइनल भैसकेका छन् । निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरु लण्डनबाटै लिइने छ ।

प्रकाशित : 6 June, 2022

प्रतिक्रिया दिनुहोस्