उभिएर पानी पिउन छाड्नुहोस्, यस्तो छ पानी पिउने सही तरिका

पानी कसरी पिउने ? थाहा छ । धेरैलाई लाग्ला जसरी पिए पनि पानी पिए भइहाल्यो नि । तर होइन पानी पिउने पनि सही तरिका हुन्छ । सकेसम्म उभिएको बेला पानी पिउनु हुदैँन । यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कतिपय मानिस उभिएर सास रोकेरै एक घुट्कोमा टन्नै पानी पिउँछन् । तर यो कहिल्यै गर्नु हुँदैन । स्वास्थ्यविज्ञका अनुसार बसेर सानो–सानो चुस्की लिँदै पानी पिउनु सबैभन्दा उपयुक्त हुन्छ । तर किन ?
उभिएर पानी पिउँदा सिधै पेटमा पुग्छ र आन्द्राको भित्तामा ठोक्किन्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचन नलीमा हानी पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचनप्रणाली बिग्रन पुग्छ । यसरी पानी पिउँदा शरीरले पानी छान्न पाउँदैन र फोहोरहरू मूत्राशय, मृगौला र रगतमा जम्न पुग्छन् । यसले मृगौला बिगार्छ र मूत्रनली पनि खराब बनाउँछ ।
यसरी लामो समयसम्म उभिएर पानी पिउँदा बाथरोग पनि लाग्छ । यसरी पानी पिउँदा शरीरका तरल पदार्थको सन्तुलन बिग्रन्छ अनि जोर्नीहरूमा पानी जमेर बाथरोग लाग्छ । यसरी पिउँदा शरीरको नसामा पनि तनाव आउँछ । उभिएर पानी पिउँदा शरीर सधैं सतर्क अवस्थामा रहन्छ जबकि बसेर पानी पिउँदा शरीरले रिल्याक्स महसूस गर्छ । यसरी रिल्याक्स हुँदा नसा शान्त हुन्छ अनि शरीरभित्र पाचन प्रक्रिया सहज हुन्छ ।
उभिएर पानी पिउँदा पेटको अन्नप्रणालीको तल्लो भागमा पानी छचल्किन्छ । यसले अन्न प्रणाली र पेटबीचको जोर्नी फुल्छ । यसरी फुल्दा पेटका अम्ल उल्टो बग्न थाल्छ र अन्न प्रणालीलाई जलन हुन्छ । यसले अल्सर गराउँछ । यसरी उभिएर पानी पिउँदा पाचनप्रणाली ध्वस्त हुन्छ । त्यसैले बसेर बिस्तारै चुस्की लिँदै पानी पिउनु नै उत्तम उपाय हो । तर यसको मतलव उभिएर पानी पिउन हुदैँन भन्ने चाँहि होइन ।
एजेन्सी