केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कार मुद्दामा तत्काल हदम्याद हटाउन सकिदैन : कानुन मन्त्री

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्कालका लागि हटाउन नसकिने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआइ बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद हटाउन नसकिने बताउनुभएको हो । उहाँले बलात्कार तथा यौनहिंसाको घटनाबारे सरकार गम्भीर भएको उल्लेख गर्दै आयोगले दिने अध्ययन प्रतिवेदनको आधारमा मात्रै त्यसको उजुरीको हदम्याद हटाउने गरी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।

हदम्यादका कारणबाट न्यायबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार गम्भीर छ, मन्त्री शर्माले भन्नुभयो। यस सम्बन्धमा सर्वोच्च अदालतबाट प्रतिवादी नजिर सिद्धान्तहरूको अध्ययन गर्न विभिन्न देशले हदम्यादसम्बन्धी अपनाउँदै आएका प्रावधानहरूलाई हेर्न र त्यसपछि नेपालको सामाजिक परिवेशलाई पनि दृष्टिगत गरेर हदम्याद कसरी बढाउने, कति हदसम्म बढाउने र त्यो बढाएर जाँदा सकारात्मकरनकारात्मक परिणामलाई समेत दृष्टिगत गरेर प्रतिवेदन दिन भनिएको छ । त्यो अध्ययन प्रतिवेदन आउनेबित्तिकै त्यसले ल्याएको पक्षहरूमा छलफल गरेर कानुनमा आवश्यक सुधार गरिने मन्त्री शर्माको भनाई थियो ।

 

प्रकाशित : 6 June, 2022

प्रतिक्रिया दिनुहोस्