बेलायती प्रधानमन्त्री जोनसोनविरुद्ध अविश्वास प्रस्ताव ल्याइने

काठमाडौँ । जेठ २३, बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध अविश्वास प्रस्ताव ल्याइने भएको छ ।
कन्जरभेटिभ पार्टीका केही सांसदले पत्र लेखेर जोनसनको नेतृत्व नचाहेको जनाएपछि उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने भएको हो ।
बीबीसीका अनुसार स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेदेखि ८ बजेको बीचमा मतदान हुनेछ ।
कोरोना महामारीका बेला मापदण्ड उल्लंघन गरेको र १० डाउनिङ स्ट्रिटमा पार्टी गरेको विषयमा जोनसोनको आलोचना भइरहेको छ ।
लकडाउनमा पार्टीमा गएर नियम तोडेकोमा भने माफी मागेका थिए । यही प्रकरण नसेलाउँदै फेरि पार्टीभित्रै जोनसोनको नेतृत्वलाई लिएर आलोचना बढेको हो ।
कन्जरभेटिभ पार्टीमा नेतृत्व परिवर्तनका लागि कम्तीमा १५ प्रतिशत सांसदले प्रधानमन्त्रीप्रति विश्वास छैन भन्दै १९२२ कमिटी अध्यक्षलाई पत्र बुझाउनुपर्नेछ ।
अहिले कन्जर्भेटिभ पार्टीमा ३५९ जना सांसद छन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ सांसद आवश्यक हुन्छ ।
५४ सांसदद्वारा लेखिएको पत्र सांसदहरूको प्रतिनिधित्व गर्ने १९२२ कमिटीका अध्यक्ष ग्राहम ब्रेडीलाई बुझाइएको छ ।