असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना सडक खन्न स्वीकृति नदिने जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको हो।

विभागले सूचना जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएको हो।

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्