माओवादी संगठनमा बेवास्ता समीकरणमा जोड

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, महाधिवेशन सकिएको पाँच महिना बित्दा पनि अध्यक्षबाहेकका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन हुन सकेन, केन्द्रीय समिति पनि अपूरै माओवादी केन्द्रले आठौं महाधिवेशन सकेको पाँच महिना बित्दा पनि अध्यक्षबाहेकका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्न सकेको छैन ।

स्थानीय तह निर्वाचनको तयारी गर्ने भन्दै पदाधिकारी चयन स्थगन गरेको माओवादीले चुनाव सकिएपछि पनि संगठनलाई पूर्णता दिने एजेन्डालाई प्राथमिकता दिएको छैन । माओवादीको मुख्य ध्यान संघ र प्रदेशको संसदीय चुनावसम्म पाँचदलीय सत्ता गठबन्धनलाई टिकाइराख्नेमा मात्र केन्द्रित देखिएको छ ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ । तर पुस ११, १८ मा भएको महाधिवेशनमा अध्यक्ष र अपुरो केन्द्रीय कमिटी चयन गरेर सकिएको थियो ।

गत फागुन २३ मा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्न नसकेपछि जेठ २० सम्म स्थगन गरिएको थियो । तर केन्द्रीय समितिले पूर्णता नपाएको भन्दै उक्त बैठक पनि स्थगन गरिएको छ । अर्को बैठक असार १५ का लागि बोलाइएको छ ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्