ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

सहयात्रा टिभी

मकवानपुर । जेठ २९, हेटौंडामा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा शनिबार साँझ करिब सवा ८ बजेको समयमा भारतीय नम्बर प्लेटको बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमै मृत्यु भएको हो।

एन एल ०१ एल २९७१ नम्बरको बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा ९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङको मृत्यु भएको हो।

उनीहरु बुवाछोरी भएको बताइएको छ। ठक्कर दिने बुलेटको चालक प्रहरीको नियन्त्रणमा रहेको छ। बुलेटले हेटौंडा ९ मै एउटा कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्