केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेले फेरि माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको विषयमा सरकारको जवाफ मागेको छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तापक्षका प्रमुख सचेतकले विषय उठाएको बारे प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतकले बिहीबार संसदमा रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाको भ्रमणमा राष्ट्रिय सुरक्षा संम्बन्धी विषयमा बोलेका थिए । त्यो विषयलाई लिएर एमालेले शुक्रबार पनि संसदमा प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

 

 

 

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्