केपी ओली प्रचण्ड माधव नेपाल एमाले


९ महिनादेखि अस्पताल निर्माण ठप्प

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, छत्रेश्वरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम ९ महिनादेखि अलपत्र परेको छ ।

शिलान्यास गरिएको झन्डै डेढ वर्षपछि सुरु भएको अस्पताल निर्माणको काम ठेकेदारले छोडेपछि अलपत्र परेको हो ।

काम गरेअनुसारको भुक्तानी नपाएको भन्दै ठेकेदारले निर्माणको काम रोकेका छन् । २०७६ कात्तिकमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा अस्पताल भवनको शिलान्यास गरिएको थियो ।

तर शिलान्यासको झन्डै डेढ वर्षपछि २०७८ जेठमा मात्र पालिकाले भवनका लागि टेन्डर आह्वान गरेको थियो । उक्त योजनाको ठेक्का गाल्वारमेनका जेभीलाई दिइएको छ । भवन निर्माणको अवधि ३ वर्षको छ ।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्