केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी प्रस्ताव आएकै छैन, सरकारलाई बदनाम गराउन खोजियो : कानुनमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । असार १, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको बताउनुभएको छ ।

एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुनमन्त्री कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट्याउनुभएको हो । उहाँले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाउनुभयो ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन र प्रस्ताव पनि राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन, झुट्टा कुरा फैलाएर सरकारलाई बदनाम बनाउने खेल भएको मात्रै हो’ मन्त्री कोइरालाले बताउनुभयो ।

मन्त्री कोइरालाले देशको सार्वभौमिकता, अखण्डता र असंलग्नताको सिद्धान्तबाहिर जाने कुरा सोच्न पनि नसकिने बताउनुभयो।

प्रकाशित : 15 June, 2022

प्रतिक्रिया दिनुहोस्