श्रम अदालतमा १० कर्मचारी रिक्त, भौतिक संरचना पनि अभाव

काठमाडौँ । असार १, कर्मचारी भन्छन्, ठेल्दा मुस्किलले चल्ने थोत्रे गाडी छन्, पार्किङ छैनश्रम अदालतमा आबश्यक कर्मचारी अभाव रहेको अदालतले बताएको छ।
हाल १० जना कर्मचारीको पद रिक्त रहेको अदालतकी शाखा अधिकृत रत्ना घिमिरेले जानकारी दिइन्।
उनका अनुसार शाखा अधिकृतरइजलास अधिकृतमा चार जनाको दरबन्दी रहेकोमा हाल दुई जना मात्र पदपूर्ति भएको छ। दुई पद रिक्त छ। त्यस्तै नासुको सात जनाको दरबन्दी रहेकोमा हाल ४ जना मात्रै पदपूर्ति भएको छ। तीन जनाको पद रिक्त छ।
त्यस्तै नासु निजी सहायक एक जना दरबन्दी रहेकोमा पदपूर्ति हुन सकेको छैन।
सूचना प्रविधि सहायक र पुस्तकालय सहायकमा पनि एक एक जना दरबन्दी रहेकोमा रिक्त छ। तामेलदारको दुई जनाको दरबन्दी रहेकोमा दुवै रिक्त छ।