मेयरमा पराजित भएका मण्डलले अझै पत्रकार महासंघको अध्यक्ष छाड्न मानेनन्

सहयात्रा टिभी

काठमाडौँ । असार २, गएको स्थानीय तहको निर्वाचनमा महोत्तरीको मठिहानी नगरपालिकाको मेयरमा पराजित भए पनि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले अझै पदबाट राजीनामा दिएका छैनन्।

महासंघका महासचिव रोसन पुरीले महासंघको महोत्तरी शाखालाई पत्र पठाउँदै केन्द्रीय समितिको निर्णयअनुसार मण्डल पहिल्यै पदमुक्त भइसकेको जानकारी गराएका हुन्।

महासंघ महोत्तरीको खुल्ला उपाध्यक्ष बराललाई कार्यवाहक अध्यक्ष भई शाखाको काम अघि बढाउन पनि पुरीले पत्रमार्फत आग्रह गरेका छन्।

गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मण्डल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा नदिई चुनाव लडेका थिए। नेपाली कांग्रेस निकट प्रेस युनियनमा आवद्ध मण्डल टिकटकै लागि रातारात प्रचण्डको हातबाट टीका लगाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

 

प्रकाशित : 16 June, 2022

प्रतिक्रिया दिनुहोस्