भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । असार ३, नेपाली महिला क्रिकेट टोलीले आज एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपमा भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको बांगीस्थित यूएसडी यूकेएम ओभलमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मलेसिया गएको छ ।
प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा छ ।
नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’मा मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल्ने दुई टोली महिला ट्वान्टी २० एसिया कपमा छनोट हुनेछन् ।