=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


मोदीकी आमा एक सय वर्ष प्रवेश, मोदीले धोए आमाको गोडा

सहयात्रा टिभी

काठमाडौँ । असार ४, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हिराबेन मोदीको १००औँ जन्मदिन मनाएका छन् ।

शनिबार गुजरातको राजधानी गान्धीनगरस्थित घरमा पुगेरका मोदीले आमाको जन्मोत्सव मनाएका हुन् ।

समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीकी आमा हिराबेन शनिबार १०० वर्षमा प्रवेश गरेकी छन् ।

त्यस अवसरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको गोडा धोएर आमाबाट आर्शिवाद लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदीले आमाको गोडा धोएको पानी आँखामा लगाएका थिए । त्यसपछि उनले दोसल्ला ओढाएर आमाप्रति सम्मान प्रकट गरेका थिए ।

मोदीका आमा हिराबेन कान्छा छोरा पञ्कज मोदीसँग गान्धीनगरमा बस्दै आएकी छन् ।

मोदी शुक्रबारै गुजरात पुगेका थिए । त्यहाँ उनी थुप्रै कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित : 18 June, 2022

प्रतिक्रिया दिनुहोस्