फर्सीको मुण्टा खाँदा स्वास्थ्यमा लाभैलाभ

फर्सीको मुण्टा भन्ने बित्तिकै प्राय धेरै मानिसको मुख रसाउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो ।
यसको मिठा तरकारी पकाएर तात्तातो भातसंग खानुको मज्जा बेग्लै हुन्छ । मिठो स्वाद बाहेक यसका धेरै लाभहरु पनि छन् ।
फर्सीको मुण्टाका फाइदाहरु :
फर्सीको मुण्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचनयन्त्रलाई राम्रो बनाउँछ । यसमा फाइबर, भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो ।
फर्सीको मुण्टाको सेवन खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपयोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचनयन्त्रलाई चुस्त राख्छ ।