केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काँग्रेस एमालेको घोषणापत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने बालेनको तयारी

सहयात्रा टिभी

काठमाडौँ । असार ५, काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्य बताउँछन् ।

महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ ।

महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ ।

नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।

 

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्