शान्तिको ‘सपनाको समाधि’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । असार ५, कवि तथा गजलकार शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा शान्ति शर्माको गजलको म्युजिक भिडियो ‘नसोधिदेऊ बिन्ती’ प्रदर्शन गरियो । हरि लम्सालको संगीत रहेको शान्तिको गजल बनिका प्रधानले गाएकी हुन् ।

कार्यक्रममा कुलपति उप्रेतीसहित डा। देवी नेपाल, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, संगीतकार सुरेश अधिकारी, कृतिकार शान्ति शर्मालगायतले बोलेका थिए ।

 

 

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्