केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

सहयात्रा टिभी

काठमाडौँ । असार ५, प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ ।

फाइल तस्वीर

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उहाँ बैठकमा अनुपस्थित हुनुभएको हो । अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा। नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

प्रकाशित : ५ असार २०७९, आईतवार १२:३५

प्रतिक्रिया दिनुहोस्