केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी च्याम्पियनसिपमा नेपाल र हङकङ भिड्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ७, एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । दुई देशबीचको खेल मध्याह्न १२:०० बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा लगातार चौंथो जित निकाल्दै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी होइन । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

 

प्रकाशित : 21 June, 2022

प्रतिक्रिया दिनुहोस्