केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । असार ८, दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

भगवतीमाई गाउँपालिका ७ खोरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय १८ वर्षीय जगतबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरका मालिक स्थानीय ४२ वर्षीय हरिनारायण खड्कालाई उपचारका लागि जिल्ला अस्पताल दैलेखतर्फ पठाइएको छ ।

कर्णाली प्रदेश ०२, ००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई हिजो साँझ सवा ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ ।

 

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्