केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एन्फा अध्यक्ष नेम्वाङसहित नवनिर्वाचित कार्यसमितको शपथ आज

सहयात्रा टिभी

काठमाडौँ । असार ८, अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुले आज शपथ लिने भएका छन् ।

शपथ ग्रहणको कार्यक्रम साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । उनीहरुले आजैदेखि कार्यभार सम्हाल्ने छन् ।

गत सोमबार भएको एन्फाको निर्वाचनबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

नवनिर्वाचित कमिटीको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा, भरत बुढा थापा छन् ।

यसैगरी दुई जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ । १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नेछन् । आगामी साधारणसभाबाट दुई जना केन्द्रीय सदस्य चुन्ने एन्फाले जनाएको छ ।

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्