केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

सहयात्रा टिभी

काठमाडौँ । असार ८, मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।

लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु.५० लाख बजेट समेत विनियोजन गरेको छ ।

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेतबिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा बरिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्