एसबीआई बैंकको शाखा पुतलीसडकमा

सहयात्रा टिभी

काठमाडौँ । असार ८, नेपाल एसबीआई बैंकले पुतलीसडकमा आफ्नो शाखा विस्तार गरेको छ ।

सो शाखाको उद्घाटन नेपाल एसबीआई बैंकका अध्यक्ष रावीज अरोराले गरे ।उक्त समारोहमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादभेंद्र कांत, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकको उपस्थिति थियो ।

यस बैंकले ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्