केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज संसद् बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ९, संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिबार पनि बस्दै छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यसूची छ।

देउवाको तर्फबाट नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक ०७६ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित : 23 June, 2022

प्रतिक्रिया दिनुहोस्