केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 सत्तारूढ दल नेकपा एकीकृत समाजवादी भित्र लफडा सुरू

सहयात्रा टिभी

काठमाडौँ । असार ९, सरकारबाट फिर्ता नहुने मन्त्रीहरूको अडान र नगइ नछोड्ने प्रस्तावित नयाँ मन्त्रीहरूबीचको घम्साघम्सीले अध्यक्ष माधव नेपाल अप्ठ्यारोमा परेका छन् ।

 

पार्टीको निर्णय कार्यान्वायन नभएको विषयमा नेता झलनाथ खनालले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । सचिवलय बैठकमा नयाँ मन्त्रीलाई तत्काल शपथ नगराइए सरकार छोड्नेसम्मको धक्की दिएका छन् ।

पार्टीको पोलिटब्यूरो बैठक, केन्द्रीय कमिटी बैठक, र केन्द्रीय परिषद बैठकको एजेण्डा तय गर्न बसेको जारी सचिवालय बैठकमा समेत मन्त्री हेरफेरको विषयले मनमुटाब सुरू भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा सरकारबाट फिर्ता नहुने मन्त्रीहरूको अडान र तत्काल फिर्ता हुनुपर्ने पार्टी नेताहरूबीचको टकरावले बैठक केहीबेर अशान्त भएको एक नेताले बताएका छन् ।

प्रकाशित : 23 June, 2022

प्रतिक्रिया दिनुहोस्