केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन् २०२८ सम्म विश्वभर ३३ प्रतिशत विद्युतीय सवारी गुड्ने

सहयात्रा टिभी

काठमाडौँ । असार ९, सन् २०२८ सम्म सडकमा गुड्ने ३३ प्रतिशत सवारी विद्युतीय इलेक्ट्रिक हुने एक अध्ययनले देखाएको छ ।

अटो क्षेत्रमा अनुसन्धान गर्दै आएको एलिक्स पार्टनरले आगामी छ वर्षभित्र सडकमा एक तिहाइ विद्युतीय सवारी गुड्ने आँकलन गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै सो संस्थाले सन् २०३५ सम्म सडकमा ५४ प्रतिशत विद्युतीय सवारी गुड्ने प्रक्षेपण गरेको छ ।

सन् २०२१ मा विश्वमा भएको गाडी बिक्रीमध्ये जम्मा ८ प्रतिशतमात्रै विद्युतीय रहेको थियो । भने, सन् २०२२ को पहिलो चौमासिकमा यो संख्या बढेर १० पुगेको जनाइएको छ ।

बजारमा विद्युतीय सवारीको बढ्दो मागलाई धान्न कम्पनीहरूले ५२६ अर्ब अमेरिकी डलर अर्थात् ६५४ खर्ब ८४ अर्ब लगानी गर्ने पनि अध्ययनले देखाएको छ ।

प्रकाशित : 23 June, 2022

प्रतिक्रिया दिनुहोस्