केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुसले बेलारुसलाई आणविक क्षमताको क्षेप्यास्त्र प्रणाली दिने

सहयात्रा टिभी

काठमाडौँ । असार १२, रुसले बेलारुसलाई आणविक क्षमताको क्षेप्यास्त्र प्रणाली दिने घोषणा गरेको छ ।

बेलारुसले एटलान्टिक सहयोग संगठन नेटोले आफनो सीमा नजिक आक्रमण गर्न थालेको भन्दै रुससँग हतियार माग गरेपछि रुसले आधुनिक हतियार उपलब्ध गराउन लागेको हो ।

रुस भ्रमणमा रहेका बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोसँगको भेटमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले हतियार उपलब्ध गराउने घोषणा गरेका हुन् ।

रुसले बेलारुसलाई दिने‘इस्काण्डर–एम’ मिसाइल प्रणालीले ५ सय किलोमिटरको दूरीसम्म परम्परागत र आणविक क्षमताको ब्यालिस्टिक र क्रुज दुवै मिसाइल प्रहार गर्न सक्नेछ ।

बेलारुसले रुस युक्रेन युद्ध अन्त्यको लागि पहल गर्नुका साथै रुसको नेतृत्वको सैन्य गठबन्धनलाई पश्चिमा विरुद्ध एकजुट हुन आग्रह गर्दै आएको छ ।

रुस-युक्रेन युद्धमा रुसको समर्थन गर्दै आएको बेलारुसले लिथुआनिया र पोल्याण्डको नीतिहरुका विषयमा भने चिन्ता ब्यक्त गर्दै आएको छ ।

रुस युक्रेनको युद्ध चरम उत्कर्षमा पुगेको बेला बेलारुसका राष्ट्रपतिको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्