जयरानीको दिनहुँ कीर्तिमान

सहयात्रा टिभी

काठमाडौँ । असार १२, दशरथ रंगशालामा जारी प्रतियोगितामा शनिबार जयरानीले महिला ४ सय मिटर हर्डल्समा १ मिनेट ०७.२ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् ।

जयरानीले २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

आर्मीकी निर्मला थापाले १ मिनेट ०८.७ दौड पूरा गर्दै दोस्रो स्थान हात पारिन् । एपीएफकी कल्पना श्रेष्ठ १ मिनेट ०७.७ सेकेन्डबाट तेस्रो भइन् ।

शुक्रबार पहिलो दिन जयरानीले १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले प्रमिला थारुको नाममा रहेको १६.३८ सेकेन्डको कीर्तिमान तोड्ने क्रममा १५.२० सेकेन्ड कायम गरिन् ।

उनलाई यस इभेन्टमा वाग्मती प्रदेशका प्रकृति श्रेष्ठ र मीना कुमालले चुनौती दिएका थिए । उनीहरू दोस्रा र तेस्रा भए ।

पुरुष ११० मिटर हर्डल्समा आर्मीका जीवन थारुले १४.९६ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । उनले आफ्नै नामको १५.६० सेकेन्डको कीर्तिमान सुधारेका हुन् ।

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्