केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल क्षयरोगमुक्तःचुनौती र समाधान

सहयात्रा टिभी

काठमाडौँ । असार १२, पछिल्लो दुई वर्षमा कुपोषणको दरमा उल्लेख्य गिरावट आए पनि नेपाल अझै पनि विश्वमा सबैभन्दा बढी कुपोषण दर भएको मुलुक मानिन्छ ।

विशेष गरी महिला र बालबालिकामा कोभिड १९ को प्रकोपले यसमा थप प्रभाव पारेको छ । क्षयरोगको प्रमुख लक्षणहरूमध्ये शरीरमा बोसो र मांसपेशीको मात्रा घट्नु पनि एक हो ।

गरिबी, कुपोषण र त्यसको कारणले हुने शरीरको कम तौल पनि क्षयरोगको कारण हो । उमेर र उचाई अनुसार कम तौल हुनुले बिरामीलाई निको हुन लाग्ने समय बढ्छ र बिरामीले लिने औषधिको साइड इफेक्ट बढ्छ ।

जसले गर्दा नेपालमा वर्षेनी क्षयरोगबाट मृत्यु हुने धेरै कारणमध्ये एक कारण बन्ने सम्भावना बढ्छ । नेपालको राष्ट्रिय क्षयरोग प्रेवालेन्स सर्वे ९टी।बी.पी।एस २०१८–१९० ले हाल नेपालमा एक लाखभन्दा बढी क्षयरोगका बिरामी रहेको बताएको छ ।

 

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्