केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१२ वर्षमा पुल तयार

सहयात्रा टिभी

काठमाडौँ । असार १२, लुम्बिनी परिक्रमा सडकअन्तर्गत पर्ने रुपन्देहीको मणिग्राम मोतिपुर जोड्ने तिनाउ पुल निर्माण सुरु भएको १२ वर्षमा तयार भएको छ। ३ वर्षमै बनाइसक्ने गरी २०६७ असार २५ गते उक्त ठेक्का सम्झौता भएको पुल बन्न १२ वर्ष लागेको हो।

पुल निर्माण हुँदै गर्दा बीचमै डिजाइन परिवर्तन गर्नुपर्दा निर्माणमा ढिलाइ भएको हो। डिजाइन परिवर्तन र स्वीकृत गर्न समय लागेकाले पुल निर्माण कार्य लम्बिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुखले बताए।

डिजाइन रिभ्यु गर्नपर्दा सही गर्न एप्रुभ गर्न समय लाग्यो। पुलचोक इन्जिनियरिङ कलेजबाट डिजाइन परिवर्तन भयो’, उनले भने, ‘त्यो डिजाइन स्वीकृत भएपछि डेढ वर्षमा काम सकिएको हो।

पुलको जग खन्ने क्रममा बीचमा ठूलो ढुंगा पर्दा काम रोकिएको थियो। त्यसपछि पुनः डिजाइन गरेर काम सुरु गरिएको थियो।

११ मिटर चौडाइ र १ सय ८५ मिटर लम्बाइको पुल १२ करोड ७४ लाख ५७ हजारको लागतमा तयार भएको हो। १२ वर्षअघि ११ करोड ७२ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो।

 

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्