केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयरल्याण्डविरुद्ध भारतको क्लिनस्वीप

सहयात्रा टिभी

काठमाडौँ । असार १५, आयरल्याण्डविरुद्धको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ।

गयराति भएको खेलमा भारतले आयरल्याण्डमाथि ४ रनको रोमाञ्चक जित दर्ता गरेको हो।

भारतले दिएको २२६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड २२१ रनमा समेटिन पुग्दा भारतको रोमाञ्चक जित भएको हो ।

अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक रहेको थियो । तर भारतका उमरान मलिकले कसिलो बलिङ गर्दै भारतलाई जित दिलाए । आयरल्याण्डले १२ रनमात्रै बनाउन सक्यो।

यो जितका साथ भारतले सिरिज नै आफ्नो पक्षमा २–० ले पार्न सफल भयो। पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२५ रन बनाएको थियो।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्