केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिवि कर्मचारी संघमा एमाले निकट कर्मचारीको प्यानलै विजयी, चार दलीय गठबन्धन पराजित

सहयात्रा टिभी

काठमाडौँ । असार १५, त्रिभुवन विश्वविद्यालयका कर्मचारीको छाता संगठन त्रिवि कर्मचारी संघमा एमाले निकट कर्मचारी संगठन प्रगतिशिल कर्मचारी संगठनको प्यानलै विजयी भएको छ ।

मंगलबार राति सकिएको मतगणनामा संगठनका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका छत्रबहादुर कार्की नेतृत्वको प्यानलै विजयी भएको हो । कार्कीले २ हजार ४४१ मत प्राप्त गरे । प्रजातान्त्रिक बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पुण्यप्रसाद आचार्यले १ हजार ९२७ मत प्राप्त गरे । कार्कीले ५१४ मत बढी ल्याएका हुन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नकेपा एस र विप्लव नेतृत्वको नेकपाले गठबन्धन गरि प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धन गरेका थिए भने एमाले निकट कर्मचारी एक्लै प्रतिस्पर्धामा थियो । अघिल्लो पटकको निर्वाचनमा कांग्रेस निकट कर्मचारी संघका भोजराज राउत नेतृत्वको प्यालन विजयी भएको थियो । त्यसबेला संघले कसैसँग गठबन्धन गरेको थिएन ।

निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामा, उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, इश्वरी रेग्मी र मिंग्मा दोर्जे शेर्पा विजयी भएका छन् । यस्तै महासचिवमा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान, कोषाध्यक्षमा प्रतिमा खत्री विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सदस्यमा रेणुमाया दाहाल, शान्तिकृष्ण श्रेष्ठ, ललितबहादुर रानामगर, ज्ञानबहादुर गुरुङ, निरञ्जन थापा, मोदनाथ लम्साल, पिताम्बर पंगेनी, इन्दिरा विष्ट, नवराज बराल, विनोद श्रेष्ठ, चन्द्रबहादुर भण्डारी, सरस्वती गौतम र हरिकला अधिकारी विजयी भएका छन् ।

महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका हरिप्रसाद सापकोटाले १५० र सदस्य नोदनाथ त्रितालले ३०४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्