२५० रनको लक्ष्य पछ्याउँदै इंग्ल्यान्डको ह्याट्रिक

काठमाडौँ । असार १५, लर्ड्समा २७७, ट्रेन्ट ब्रिजमा २९९ र हेडिङ्लेमा २९६ रनको लक्ष्य पछ्याउँदै तीनै खेलमा न्यूजिल्यान्डविरुद्ध इंग्ल्यान्डले ‘क्लिन स्वीप’ गरेको थियो।
२५० रनको लक्ष्य पछ्याउँदा कुनै टोलीले लगातार तीन टेस्ट खेल जितेको यो पहिलो पटक हो।
टेस्ट सिरिजमा २५० रनको लक्ष्य पछ्याउँदै तीन खेल जित्ने पहिलो टोली पनि इंग्ल्यान्ड बनेको छ।
ट्रेन्ट ब्रिज र हेडिङ्लेमा भएको यो सिरिजमा इंग्ल्यान्डले क्रमशः ५.९८ र ५.४४ को रन रेटका साथ चेज गरेको थियो। दुवै खेलमा २५० प्लस रनको लक्ष्य टेस्ट इतिहासकै सबैभन्दा छिटो थियो।
सन् १९५१/ ५२ मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको सिरिजमा तीन पटक २०० प्लस रनको लक्ष्य पछ्याएको एउटा मात्र घटना घटेको छ। जहाँ आयोजक टोलीले दुई पटक र पाहुना टोलीले एक पटक जितेको थियो।
इंग्ल्यान्डले यो सिरिजमा आफ्नो स्कोरिङ रेटका साथ नयाँ कीर्तिमान बनाएको छ। तीन खेलमा इंग्ल्यान्डको रन रेट ४.५४ एक टेस्ट सिरिजमा पाँच वा सोभन्दा बढी पटक ब्याटिङ गर्ने टोलीहरूमध्ये सबैभन्दा उच्च थियो।