निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । असार १५, काठमाडौँ महानगरपालिका वडा नं. ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नं.७ र सामुदायिक सेवा समाज मैजुबहालको संयुक्त आयोजनामा र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलको प्राविधिक सहयोगमा सहीद स्मृति सामुदायिक भवन, मैजुबहाल परिसरमा स्थानीय विभिन्न संघसंस्थाहरूको सहभागितामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।