केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विपन्नका लागि ६३० घर निर्माण

सहयात्रा टिभी

काठमाडौँ । असार १५, झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ ।

सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याबिट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् ।

विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो,’ उनले भने, ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्