दिलमाया मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौँ । असार १५, लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको खवर केहि दिन अगाडी बाहिर आयो । उनको मोवाईलवाट फेसबुक एकाउन्टमा गत शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भयो ।
सोही दिन ११ बजेतिर कोठामा घोप्टो परिरहेको अवस्थामा उनको शव भेटियो । तर घरमा मोबाइल चाहिँ भेटिएन । प्रहरीले मंगलबार पनि घटनास्थलमा गएर फेरि खानतलासी त गर्यो तर मोबाइल भने भेटिएन ।
राति सँगै बसेका प्रेमी सूर्य श्रेष्ठले झुण्डिरहेको अवस्थामा देखेपछि सल निकालेर आफुले तल झारेको बताएका छन् । साथै, आत्तिएका कारण सल लिएर महाराजगञ्जको सडक छेउको नालीमा फ्याँकेको बयान दिएका छन् । सोही बयानको आधारमा सल पनि बरामद भएको छ ।
त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचले सुनारको मृत्यु ‘ह्याङ्गिङ’कै कारण भएको देखाएको छ । तर श्रेष्ठविरुद्ध चाहिँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद लिएको छ ।
मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, दिलमायाका प्रेमी श्रेष्ठ माथि झनै शंका पनि बढाएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार श्रेष्ठ सुरुमा दिएको झुटो बयान र स्ट्याटस लेखेको भनिएको मोबाइल नभेटिनुले उनीमाथि शंका बढेको थियो । ‘यदि उनले पहिल्यै झुठो बयान दिएका थिएनन् र मोबाइल पनि भेटिएको थिएन भने आत्महत्या दुरुत्साहनमा जाहेरी दिन प्रहरीले परिवारलाई कन्भिन्स गर्थ्यो,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
सुनारको मोवाईल बिहान साढे ५ बजेतिर बन्द भएको थियो मोबाइल
उनले राति १ः१० मा स्ट्याटस पोष्ट गर्दा मोबाइलको लोकेसन नेपालटार नै देखिएको छ । तर ओप्पो कम्पनीको उनको मोबाइल कोठामा बरामद भएन ।
प्रेमी श्रेष्ठ आफूले सल मात्रै बाहिर लगेको बताउँछन्, मोबाइलबारे खुलाएका छैनन् । मोबाइल भेटिएको भए फेसबुक, इमो, भाइबर, ह्वाट्सएप जस्ता एप्लिकेसनमार्फत भएका कुराकानी निकाल्न प्रहरीलाई सहज हुन्थ्यो ।
तर मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, श्रेष्ठ माथि शंका पनि बढाएको छ । स्रोतका अनुसार राति १२ः१० मा श्रेष्ठले औषधि किन्न बाहिर गएको बताएका छन् ।
घटना भएको कोठा सडकको छेउमा छ । त्यसैले स्ट्याटस लेखेर सुनारले नै मोबाइल झ्यालबाट फ्याँकिन् कि भन्ने आशंका पनि छ । यद्यपि, तल पनि मोवाईल भेटिएन । हालसम्म फोन अफ छ ।
सुनारका प्रेमी श्रेष्ठ ४ बजेतिर कोठाबाट निस्किएका थिए । प्रहरीले उनीमाथि आशंका गरेर अनुसन्धान गरिरहेको छ ।