गोरखामा मेरो धेरै योगदान छ, चुनाव जितेरै छाड्छु : डा. भट्टराई

सहयात्रा टिभी

गोरखा । चुनावी अभियानको क्रममा गोरखामा रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखामा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताएका छन् । गोरखा आफ्नो जन्मस्थान भएको र विगतमा आफूले विकास निर्माणका धेरै पूर्वाधार यहीं नै उल्लेखनिय कार्य गरेको भन्दै उनले आफूलाई गोरखाका जनताले साथ दिने र चुनाव जित्ने दावी गरे ।

गोरखामा आज एक कार्यक्रममा वोल्दै ‘प्रचण्ड भन्छन् बाबुराम हराऊ, म भन्छु गरिवी, बेरोजगारी र भष्ट्राचार हराऊ’ भट्टराईले भने । भट्टराई गोरखाको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।

प्रकाशित : 23 September, 2017

प्रतिक्रिया दिनुहोस्