केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाख्रा पालन बाट वर्षमै २० लाख नाफा

सहयात्रा टिभी

काठमाडौँ । असार १७, मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीको प्रबन्धक पद छाडेर फर्किएका बागलुङ बडिगाड गाउँपालिका १ दगा गाउँका मोतीलाल वन यतिखेर गाउँमै बाख्रा स्याहार्दै छन् ।

विद्यालयको पढाइ सकेपछि उनले भारतमा गएर पढ्ने अवसर पाए । भारतको सिमला विश्वविद्यालयमा एमबीए गरेपछि उनी जागिरका लागि मलेसिया हानिए ।

उनी मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीमा प्रबन्धक बने । आकर्षक तलबसहित प्रबन्धक भएर ४ वर्ष काम गर्दा राम्रै आम्दानी गरे । गाउँमै काम गर्ने चाहनाले उनलाई त्यहाँ बसिरहने मन भएन ।

बोयर, खरी र जमुनापारी जातका बाख्रा पालेका उनले वर्षको २० लाख रुपैयाँभन्दा बढी नाफा हुने बताउँछन् । भारत र मलेसियाका ठूला सहरमा बस्दा नपाएको खुसी र सन्तुष्टि गाउँमा बाख्रा पालेर पाएको उनले सुनाए ।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्