केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा ग्यास सिलिन्डरको मूल्यमा १९८ भारुको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । असार १७,भारतमा व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा १ सय ९८ भारतीय रुपैयाँले घटाइएको छ ।

१९ किलोको खाना पकाउने ग्यासको नयाँ दर जुलाई १ बाट लागू हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा अब ग्यासको मूल्य २ सय २१ भारतीय रुपैयाँ हुनेछ जबकी यस अघि २ हजार २ सय १९ रुपैया रहेको थियो पछिल्लो समय खाद्यान्‍नको मूल्य बढ्दै गएको समयमा ग्यासको मूल्यमा आएको गिरावट कारण सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

साथै १९ किलोको ग्यास सिलिन्डर प्रयोग गर्ने व्यवसायीलाई समेत राहत मिल्ने अपेक्षा गरिएको छ । अन्य स्थानमा भने ग्यासको मूल्य फरक फरक रहेको छ ।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्