ऐतिहासिक जगन्नाथ रथयात्रा सुरू

काठमाडौँ । असार १७, सुन्धारास्थित प्राचीन जगन्नाथ मन्दिर अगाडिबाट ऐतिहासिक जगन्नाथ रथयात्रा सुरू गरिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन नेपालले ३७औँ रथयात्रा महामहोत्सवको आयोजना गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरती गरेर रथयात्राको शुभारम्भ गरिन् । उक्त रथयात्रा मन्दिरबाट सुरू भएर टुँडिखेलमा समापन गरिनेछ ।
इस्कोन नेपालका प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न रथयात्राको आयोजना गरिएको बताए ।
सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलो पटक रथयात्रा गरिएको आयोजकले जनाएको छ ।